नेप्से १३.९५ अंकले घट्यो, कारोबार रकम ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी

काठमाडौ, ६ साउन । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंकले घटेको छ। बजार घटेसँगै कुल ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा केही जलविद्युत, उत्पादन तथा अन्य समूहका कम्पनीहरूको शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। रिडी पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएका छन्।

त्यस्तै, बेष्ट फाइनान्स कम्पनी, सिटी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, एसवाई प्यानल र हिमालयन रिइन्स्योरेन्सको शेयर पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँभन्दा माथि रहँदा लगानीकर्ताको सक्रियता कायमै देखिएको छ।

प्रतिक्रिया दिनुहोस्