नेको इन्स्योरेन्सले बिक्रीमा ल्यायो १२ लाख कित्ता संस्थापक शेयर

काठमाडौ, ६ साउन । नेको इन्स्योरेन्स लिमिटेडले १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। बिक्रीमा ल्याइएको शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको कित्ता संख्या र प्रतिकित्ता मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्