नेप्सेमा सामान्य सुधार, परिसूचक ७.२५ अंकले बढ्दा कारोबार ६ अर्ब ६७ करोड
काठमाडौं, ५ साउन । लगातार उतारचढावपछि मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से ७.२५ अंकले वृद्धि भएर २,७२६.४९ विन्दुमा पुगेको हो।
कारोबार अवधिभर बजारमा खरिद–बिक्रीको दबाब देखिएको थियो। पछिल्लो समय लगानी गरेका केही लगानीकर्ताले नाफा सुरक्षित गर्ने क्रम बढेपछि कारोबार रकम उल्लेख्य रहेको देखिएको छ।
मंगलबार कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र तथा ऋणपत्र कारोबार भएको छ। यस दिन ३४३ वटा धितोपत्र तथा ऋणपत्रको कारोबार हुँदा १९१ कम्पनीको सेयर मूल्य बढेको भने १९८ कम्पनीको मूल्य घटेको छ।
आजको कारोबारमा एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२८ रुपैयाँ पुगेको छ।
यता सात प्रतिशत ब्याजदर रहेको नबिल बैंक डिबेन्चर–२०८९ को मूल्य सबैभन्दा धेरै ७.४४ प्रतिशतले घटेर प्रतिइकाइ १ हजार ५७ रुपैयाँमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्