नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं। , २५ असार । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा बन्द भएको हो।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम घटेर ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ३६१ वटा धितोपत्रको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये ४२ वटाको सेयर मूल्य बढ्दा २२९ वटाको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार उपकार लघुवित्त वित्तीय संस्था को सेयर मूल्य सर्वाधिक १२.६८ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ३ हजार २०० रुपैयाँ पुगेको छ। त्यस्तै, स्नो रिभर्स लिमिटेड को सेयर मूल्य ११.७६ प्रतिशतले बढेर प्रतिकित्ता ८७९ रुपैयाँ कायम भएको छ।
यता, बिओके डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ८.६६ प्रतिशतले घटेको छ। यसको प्रतिडिबेन्चर मूल्य १ हजार १३९ रुपैयाँमा झरेको छ। त्यस्तै, साल्पा विकास बैंक को सेयर मूल्य ८.२८ प्रतिशतले घटेर ८७५ रुपैयाँमा सीमित भएको छ।
बिहीबार सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को भएको छ। उक्त डिबेन्चरको प्रतिकित्ता १ हजार ११९ रुपैयाँमा ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यसको मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ रहेको छ। उक्त डिबेन्चरको २८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक घटेको छ। व्यापार समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।













प्रतिक्रिया दिनुहोस्