सेयर बजार लगातार दोस्रो दिन बढ्यो, नेप्से २६६१ अंकमा कायम
काठमाडौं, १८ असार । लगातार सात कारोबार दिनसम्म घटेको सेयर बजार पछिल्ला दुई दिनदेखि पुनः उकालो लागेको छ। बिहीबार बजार ८.७८ अंकले बढ्दै नेप्से परिसूचक २६६१ अंकमा पुगेको छ।
अघिल्लो दिन बुधबार ४४ अंकले बढेको बजारले निरन्तर सुधारको संकेत दिएको हो। बिहीबार कारोबार दिनभर अधिकांश समय रातो रहे पनि अन्तिम ४५ मिनेटमा भएको सुधारका कारण बजार हरियोमा बन्द भएको हो।
आज बैंकिङ समूहको उच्च वृद्धिले समग्र बजारलाई उकासेको छ। बैंकिङ समूहको सूचक २.०४ प्रतिशतले बढ्दा बजारमा सकारात्मक प्रभाव परेको हो।
कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। तर अधिकांश कम्पनीको मूल्य घटेको देखिएको छ। १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत कारोबारमा फाइनान्स ०.२८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.०५ प्रतिशतले बढेका छन्। तर विकास बैंक ०.११, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.२६, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, अन्य ०.२० तथा व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
आज चार कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत् कम्पनीका सेयरमा उच्च वृद्धि देखिएको हो। यीमध्ये तीन कम्पनी हालै सूचीकृत भएका हुन्।
त्यस्तै, धौलागिरि लघुवित्तको १३.६७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.०९ प्रतिशत तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशतले मूल्य बढेको छ।
भुजुङ हाइड्रोपावर, सामुदायिक लघुवित्त, सीवाईसी लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य भने घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत् कम्पनी र साहस ऊर्जा रहेका छन्।







प्रतिक्रिया दिनुहोस्