नेप्से परिसूचक २ अंकले घट्यो, कारोबार ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित
काठमाडौं, १२ असार । शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो।
यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। बिहीबार २ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो।
३५९ कम्पनीका ७७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ भने २० कम्पनी स्थिर रहेका छन्।
यस दिन स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने सूचीमा शीर्ष स्थानमा रह्यो। त्यस्तै टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य करिब १४.९८ प्रतिशतले बढेको छ।
अर्कोतर्फ कालिका लघुवित्तको सेयर मूल्य १०.७६ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने सूचीमा रह्यो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.४५ प्रतिशतले घटेको छ।
ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ ले सर्वाधिक कारोबार गर्दै ३३ करोड १६ लाख रुपैयाँको कारोबार गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ दोस्रो स्थानमा रहेको छ।
१३ समूहगत परिसूचकमध्ये ५ समूह बढ्दा ८ समूह घटेका छन्। व्यापार समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ।







प्रतिक्रिया दिनुहोस्