एभरेस्ट कलरको आइपिओ बाँडफाँट सम्पन्न, ६५ हजारभन्दा बढी आवेदकलाई १० कित्ता सेयर
काठमााडौं , ४ असार । एभरेस्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिहीबार बाँडफाँट गरिएको छ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सम्पन्न बाँडफाँटअनुसार ६५ हजार ५७० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीको आइपिओमा अत्यधिक माग परेको थियो। कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले जेठ २२ देखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।
उच्च मागका कारण उपलब्ध सेयरभन्दा धेरै आवेदन परेपछि बाँडफाँट गोलाप्रथाबाट गरिएको हो, जसका कारण ठूलो संख्यामा लगानीकर्ता सेयरविहीन भएका छन्।
आइपिओको नतिजा मुक्तिनाथ क्यापिटलको वेबसाइट, मेरो सेयर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।









प्रतिक्रिया दिनुहोस्