नेप्से स्थिर, कारोबार रकम घट्यो

काठमाडौं, असार ३ — साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक स्थिर देखिएको छ।

मंगलबार २७०५.४५ विन्दुमा बन्द भएको नेप्से बुधबार सामान्य ०.०८ अंक बढेर २७०५.५३ विन्दुमा पुगेर बन्द भएको हो।

यसदिन कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको, १३१ कम्पनीको घटेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार सोपान फर्मास्युटिकल्स लिमिटेड र एपोलो हाइड्रोपावर लिमिटेड को सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको प्रतिकित्ता मूल्य ८०८ रुपैयाँ ५० पैसा तथा एपोलो हाइड्रोपावरको ६९२ रुपैयाँ ७० पैसा पुगेको छ।

यता एनएमबी डिबेन्चर को मूल्य सर्वाधिक ८.६४ प्रतिशतले घटेर एक हजार २०६ रुपैयाँमा झरेको छ। त्यस्तै प्राइम बैंक डिबेन्चर को मूल्य ४.९८ प्रतिशतले घटेर एक हजार १४५ रुपैयाँ २० पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड रहेको छ, जसको १८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्