नेप्से परिसूचक १.५४ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
जेष्ठ , २६ काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा बन्द भएको हो।
यसदिन कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
दिनभर कुल ३५७ वटा धितोपत्रको एक करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर किनबेच भएको थियो।
बजारमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर ३४९ रुपैयाँ ७० पैसामा पुगेको छ। यस्तै कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर १ हजार १ रुपैयाँ ८० पैसा कायम भएको छ।
सर्वाधिक गिरावट क्रेस्ट माइक्रो लाइफको देखिएको छ, जसको सेयर मूल्य ९.१६ प्रतिशतले घटेर १ हजार २८९ रुपैयाँमा झरेको छ। त्यसैगरी सामुदायिक लघुवित्तको मूल्य ७.३७ प्रतिशतले घटेर १ हजार २१९ रुपैयाँ कायम भएको छ।
कारोबारका आधारमा एग्रिकल्चर बन्ड अग्रस्थानमा रह्यो, जसको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा सेन्ट्रल फाइनान्स रह्यो, जसको ३५ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ वटा समूहगत परिसूचकमध्ये ४ समूह बढेका छन् भने ९ समूह घटेका छन्। वित्त समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्