शेयर बजारमा एक्कासी हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजारमा एक्कासी हरियाली देखिएको छ । साताको पहिलो दिन आइतबार २५ अंब भन्दा बढीले ओरालो लागेको शेयर बजार सोमबार पनि निरन्तर ओरालो दिशमा अघि बढिरहेको अवस्थामा केहिबेर अघि एक्कासी हरियाली देखिएको हो ।

कारोबार खुल्ने वित्तिकै बजारमा देखियो हरियो ५ मिनेट पनि टिक्न सकेन । सोमबार कारोबार शुरु भएको केहि मिनेटदेखि राताम्मे देखिएको बजार ११ बजेर ४४ मिनेट पछि भने हरियाली देखिएको छ ।

सोमबार १२ बजेर १० मिनेट जाँदा दोहोरो अंकले नेप्सेमा वृद्धि देखिएको छ । १२३१.६४ अंकबाट शुरु भएको कारोबार १६.५९ अंकले बढेर १२४८.२३ मा पुगेको छ । यस अघि सोमबार ४० मिनेटको अवधिमा शेयर बजार ७.०८ अंकले ओरालो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्