कर्णालीको नीति तथा कार्यक्रम केन्द्रीय सरकारको नक्कल मात्र : संसदीय दलका नेता शाही

काठमाडौं । कर्णाली प्रदेश काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारले ल्यायको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको आरोप लगाएका छन् ।

कर्णाली प्रदेश सरकारले गत शनिबार प्रस्तुत गरेका आ.व. ०७५/०७६ नीति तथा कार्यक्रमलाई प्रतिक्रिया दिंदै संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिएका छन् ।

उनले प्रदेश सरकारले ल्यायको बजेट पन संघिय सरकारको नै कपी गरेको बताउँदै भनेले भने, “प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो पनि, तर सबै हँचुवाका भरमा ल्याइएको छ, यसमा सरकारको ठोस योजना देखिएन ।

नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएकोे छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ ।”

नेता शाहिले प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए ।

प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गरे ।

उनले बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाए ।

सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता अनुसार भएको बताउनुभयो ।

यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको छ, उनले, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत्, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ ।”

सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने खालको भएको तर्क गरे ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उहाँको प्रतिक्रिया थियो ।

प्रतिक्रिया दिनुहोस्