लगानीकर्ताले बुधबार पनि धितोपत्र बोर्ड घेराउ गर्दै

काठमाडौं । शेयर लगानीकर्ताहरुको संयुक्त संर्घष समितिले आन्दोलनको कार्यक्रमहरुलाई अझ सशक्त र निर्णायक बनाउँदै लैजाने घोषणा गरेका छन् । त्यसैगरि काठमाडौं बाहिरका लगानीकर्ताले पनि सरकारले बढाएको पूँजीगत लाभकरको विरोधमा उत्रिएका छन् ।
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागबाट जारी गरिएको पत्रमा हकप्रद र बोनस शेयरमा अग्रिम कर असुलीको निर्णय गरेपछि सोमबारदेखि लगानीकर्ता आन्दोलित भएका हुन् ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पूँजी बजार लगानीककर्ता संघ संयुत्त, रुपमा आन्दोलनलाई थप सशक्त र निर्णायक बनाउन भन्दै बुधबार तीनवटै संघले संयुक्त रुपमा धितोपत्र बोर्ड घेराउ गर्ने भएका हुन् ।
सरकारले लाभकर विवाद अन्त्य गर्न मंगलबार अध्ययन गर्नको लागि समिति गठन गर्ने बताएपनि लगानीकर्ताले बढेको कर फिर्ता नभएसम्म आन्दोलन जारी गर्ने निष्कर्ष निकालेका छन् ।
यस्तै राजधानी बाहिरका शेयर लगानीकर्ता समेत आन्दोलित बनेका छन् । अग्रिम कर असुलीको निणर्यको विरोधमा चितवन, बुटवल,पोखरा ,बिराटनगर लगायतका ठाँउबाट समेत ऐक्यबद्धता जनाउदै पूँजी बजारलाई एक पछि अर्को प्रगतिशित करनीति लागू गर्दै लगानी योग्य पूँजीलाई निरुत्साहित गराउने षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन् ।
त्यसैगरि लगानीकर्ता हित संरक्षण मञ्चले पनि बुधबार सेयर कारोबार रोक्न तथा बढाइएको कर फिर्ताको अन्तिम टुङ्गो नलागेसम्म राफसाफ नगर्न नगराउन समेत आग्रह गरेको छ

 

प्रतिक्रिया दिनुहोस्