शेयर कारोबार ठप्प, चेतावनीपछि सबै सेयर दलाल कार्यालयमा सुरक्षा प्रदान

काडमाडौं । सरकारले ब्रोकर कम्पनीमा प्रहरी सुरक्षा प्रदान गरेको छ । लगानीकर्ताको आन्दोलनले हुनसक्ने क्षतिलाई मध्यनजर गर्दे सबै ब्रोकर कम्पनीमा प्रहरी सुरक्षा प्रदान गरेको हो । लगानीकर्ताको तीन वटा संघले बजेटमा प्रस्ताव गरे बमोजिम अग्रिमकर ७.५ प्रतिशतलाई अन्तिम करको रुपमा मान्यता नदिएसम्म सबै ब्रोकर कम्पनीहरुलाई कारोबार रोक्न चेतावनी दिएका थिए ।

लगानीकर्ताले यस अनुरोधको अवज्ञा गर्दे कारोबार गराएर अप्रिय घटना भएमा सो को जिम्मेवार इजाजत प्राप्त ब्रोकर कम्पनी नै हुने उनीहरुले चेतावनी समेत दिएका थिए ।

सरकारले हरेक ब्रोकर कार्यालयमा कम्तिमा दुर्इजना प्रहरी परिचालन गरेको छ । आवश्यक परेमा थप सुरक्षा तैनाथी गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्