३६ प्रतिशतले वृद्धि विन्ध्यबासिनी हाइड्रोको नाफा

काठमाडौं, २४ कार्तिक । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले नाफामा उल्लेखनीय सुधार गरेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६।३७ प्रतिशतले वृद्धि भई ८ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले नाफा बढाउन सफल हुनुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा वृद्धि हुनु र वित्तीय खर्च घट्नु रहेको उल्लेख गरेको छ। असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ६ लाख रुपैयाँ थियो। यसरी विद्युत बिक्री आम्दानी १०।४९ प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्