गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं, ९ असोज । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ।

कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।

कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ।

अहिले कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ हजार १३५ रूपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्