बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट
काठमाडौं, ३० भदौ। सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो शेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियो ।















प्रतिक्रिया दिनुहोस्