काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ । काठमाडौंको तिलिङ्गाटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुने अन्दाजी ३० वर्षीय एक जनाको नाम खुल्न सकेको छैन । उनी मोटरसाइकलको पछाडी सिटमा थिए । मोटरसाइकल चालक भने बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल छन् । उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहान सवा ४ बजे, सडक किनारमा रोकी राखेको बा २ ख ६२३० नम्बरको बसमा सामाखुसीबाट चक्रपथतर्फ तीव्र गतिमा आउँदै गरेको बा ३७ प ७३८० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्