ट्रेड टावरको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर गरी कुल ८१ लाख ५६ हजार ९७ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।
कम्पनीको शेयर भोली अर्थात असार ३२ गते, स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर टीटीएल टिकरमा कारोबार हुनेछ।















प्रतिक्रिया दिनुहोस्