साढे २ किलो अफिमसहित कैलालीमा ३ पक्राउ

काठमाडौं, १७ असार । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका(५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्