धनगढीमा गोली हानेर ९ लाख रुपैयां लुटपाट
काठमाडौं । कैलालीको धनगढीमा एक जनाले गोली हानेर ९ लाख रुपैयां लुटपाट गरेका छन्।
धनगढी उपहानगरपालिका–१ मेनरोडमै गोली हानेर ९ लाख लुटपाट भएको हो ।
आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।
गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।
कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्