टेलिकमको गाडी बाजुरामा दुर्घटना, ३ को मृत्यु, दुई घाइते

काठमाडौं, १३ जेठ । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका–२ मा दुर्घटनामा परेको हो।

उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवाल हवारीले जानकारी दिए।

मृत्यु हुनेमा टेलिकमको कर्मचारी हुन, परिचय खुल्न बाँकी छ, उनले भने।

घाइतेहरूको भने परिचय खुलेको छ। जसमा नन्दराम सिरूवा र लोकेन्द्र सिरूवा छन्। उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्