हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई बोर्डको स्वीकृती
काठमाडौं, ८ जेष्ठ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले इन्स्योरेन्सलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।
बोर्डले इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न बुधबार स्वीकृत दिएको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । जसको ४० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर इन्स्योरेन्सले जारी गर्नेछ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पर्ने व्यवस्था गरेको छ । सो वयवस्था अनुसार उक्त हकप्रद शेयर बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्