एसएलआरको गोलीसहित दुईजना पक्राउ

काठमाडौं । प्रहरीले सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देशकुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित बुधबार राति पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले आचार्यलाई शंका लागेर जाँच गर्दा उनको साथबाट गोली बरामद भएपछि उनीसहित उनका साथीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्