बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

काठमाडौं  । जीवनबुटीको नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्सेनि यसको उत्पादन घट्दै गएको छ ।

उत्पादन घट्न थालेपछि यार्सा टिपेरै आफ्नो जीवनशैली फेरेका यहाँका हिमाली गाउँका बासिन्दा फेरि पुरानै अवस्थामा फर्किन थालेका छन् ।

जिल्ला वन कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने संकलनको परिमाण हेर्दा बर्सेनि यार्सा उत्पादन घट्दै गएको हो । २०७० सालमा ३७२ केजी संकलन भएको यार्सा २०७३ सालमा ३३८ किलोमा झरेको थियो । २०७४ मा यो परिमाणमा व्यापक रुपले गिरावट आएको छ ।

करिव १० वर्ष पहिलेदेखि संकलन सुरु भएको परिमाणलाई हेर्ने हो भने २०७४ मा सबैभन्दा कम अर्थात् २३७ केजीमात्र उत्पादन भएको जिल्ला वन कार्यालयका रेन्जर सुरेन्द्र कठायतले बताए ।

स्थानीय बासिन्दाकाअनुसार विगतका वर्षको तुलनामा यस बर्ष यार्सा झन् कम पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्