रैराङ हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौ । रैराङ हाइड्रोपावरको साधारण सेयर(आइपिओ) आज बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर १७.७८ गुणाले अधिक माग भएकोमा कुल आवेदकमध्ये ४३.५६ प्रतिशतले सेयर प्राप्त गरेका छन् । सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीले यस आईपिओमा प्रतिसेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम चार हजार २०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरेको थियो ।
कम्पनीले ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त निष्काशित सेयर मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको थियो र बाँकी रहेको ७ लाख ६४ हजार ४०० कित्ता सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना सर्वसाधारण आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिट रहेको यस हाइड्रोको साधारण सेयरमा कुल १ लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा एक लाख ७५ हजार २७८ जनाको आवेदन स्वीकृत भएको छ भने १९४ वटा आवेदन बिभिन्न त्रुटिको कारणले रद्द भएको थियो र जसमा एक करोड ३५ लाख ७५ हजार ६०० कित्ता सेयरको आवेदन भने स्वीकृत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्