कैलालीमा ६ किलो चरेशसहित २ जना पक्राउ

काठमाडौं ।  कैलालीमा ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले अत्तरीया बजारबाट ठुलो परिमाणमा चरेश बरामद गरेको हो।

आज बिहान ६ बजेतिर महेन्द्रनगर रोडको गोदावरी पुल नजिकै चरेश लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बाजुराको छेदेदह गाउँपालिका–३ का २९ वर्षीय छत्रबहादुर बुढा र ५२ वर्षीय नौले बुढा रहेका छन्।

बरामद गरिएको चरेशसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्