जिल्ला शिक्षा अधिकारी सुवेदी ५० हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ

काठमाडौं । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोु प्रवक्ता भट्टराईले जानकारी दिए ।

घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्