सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश लिने आज अन्तिम दिन
काठमाडौं, १६ बैशाख । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड सालिको १५ प्रतिशत नगद लाभांश प्राप्त गर्न चाहने सेयरधनीहरूका लागि आज (बैशाख १६) अन्तिम मौका हो। कम्पनीले भोली (बैशाख १७) साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसको मतलब—आजभित्र नेप्सेमा सालिको सेयर खरिद गरेर नाम दर्ता गराएका सेयरधनीहरू मात्र कम्पनीको २८ औँ वार्षिक साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारण सभा बैशाख २८ गते, ज्ञानेश्वरस्थित रानीमहल बैंकेट प्रा।लि।मा बिहान १० बजे सुरु हुनेछ। सभामा १५ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्चको अनुमोदन, र प्रबन्धपत्र।नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने जस्ता विशेष प्रस्तावहरू पनि प्रस्तुत हुनेछन्।
प्रतिक्रिया दिनुहोस्