प्रदेश २ को वर्षे अधिवेशन जेठ १३ बाट

काठमाडौं । प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कायस्थले जेठ १३ गतेबाट अधिवेशन सुरु गर्न प्रदेशसभा सचिवालयलाई निर्देश गरेका हुन्।

प्रदेशसभाको २५ औं बैठकमार्फत गत चार गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरिएको थियो।

प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानुन निर्माण गर्न ढिलाइ भइरहेको भन्दै लामो ग्याप हुन नदिन जेठ १३ गते बर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।

बर्खे अधिवेशनको प्रथम बैठक अगामी आइतबार दिउँसो एक बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रन्जित यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्