डोटीको एक होटलमा आमा छोरी मृत अवस्थामा फेला

काठमाडौं । सिलगढीमा रहेको सृजना होटलमा मंगलबार आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।
दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको होटलमा दुवै जना मृत भेटिएका हुन् ।

कैलालीको चुरे गाउँपालिका – ३ भक्तपुर घर भएकी २४ वर्षीया शोभा साउद झुण्डिएको अवस्थामा भेटिएकी छन् भने उनकी २ वर्षीया छोरी करुणा बेडमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी सहायक निरीक्षक रामसिंह बिष्टले जानकारी दिए ।

सोमबार बेलुका खाना खाएर सुतेका आमा छोरी मृत अवस्थामा फेला परेका हुन् ।

शोभाका श्रीमान प्रेम साउद आफैँले जिल्ला प्रहरी कार्यालयमा आफ्नो श्रीमती र छोरी मृत अवस्थामा भेटिएको भन्दै खबर गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विस्तृत रहस्य खुल्न बाँकी रहेको र केही दिन पहिले श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्