स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने

काठमाडौं । स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ ।

विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ ।

विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्था गरिए सरुवा–बढुवामा पुरानै रोग देखिने भन्दै आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्