वडासचिवविहीन गाउँपालिका, नागरिक मर्कामा

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडामध्ये अहिले कुनै पनि वडामा सचिव छैनन् ।

साबिकका ६ वटा गाविस मिलेर बनेको यस गाउँपालिकामा एकजना पनि सचिव छैनन् ।
साबिकका हुकाम, रन्मामैकोट, तकसेरा, कोल, रान्सी र जाङ गाविसमा रहेका सचिवजति सबै सरुवा मिलाएर गएपछि गाउँपालिका लामो समयदेखि सचिवविहीन भएको हो ।

साबिकका ६ गाविसमध्ये रन्मामैकोट गाविसका सचिव तिलक रावत यसै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् भने अन्य सचिव भने गाउँपालिका बन्नेबित्तिकै सरुवा मिलाएर अन्यत्रै गएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए ।

भौगोलिक रूपमा विकट र अन्य सुविधाबाट वञ्चित, त्यसमा पनि वडासचिव नहुँदा यस गाउँपालिकाका नागरिक मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्