जिप दुर्घटना हुँदा रोल्पामा २ जना घाइते
‘काठमाडौं, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।
घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्