रैराङ हाइड्रोपावरमा १८.०८ गुणा बढी आबेदन

काठमाडौ । बैशाख ३१ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपिओमा चार दिनमा १ अर्ब ३८ करोडको आवेदन आवेदन परेको छ । कम्पनीले ७ करोड ६४ लाखको माग गरेको थियो । आईपिओमा एक अर्ब ३८ करोड १० लाख ४३ हजार रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता आईपिओमध्ये ७ लाख ६४ हजार कित्ता सर्वसाधारण र बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएअनुसार साधारण सेयरमा कुल एक लाख ७७ हजार ३८६ जना आवेदन परेको थियो । जुन आईपिओ प्राप्त गर्नेभन्दा एक लाख ९८६ जना अधिक हो । कम्पनीको आईपिओ ७६ हजार ४०० जना भाग्यमानी आवेदनकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्नेछन् ।

यस आईपिओमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार २०० कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्