नुवाकोटमा बस दुर्घटना, १ को मृत्यु

काठमाडौं, २३ माघ । त्रिशुली–काठमाडौं सडकखण्ड अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा २२ वर्षीय जीवन राई रहेको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकका आफन्तहरूले अहिले घटनास्थलमा पुगे बाटो अवरोध गरिरहेका छन् । मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको घटनास्थलमै रहेका एक प्रहरीले जानकारी दिए ।

मोटरसाइकल जोगाउने क्रममा बसलाई भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो ।

बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।

लगभग पौने २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्