कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस
काठमाडौं | कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।
दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो ।
दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।पीडितमा तीन महिना भन्दा बढी तलब तथा सेवा सुविधा नपाउनेहरु छन् ।
दूतावास आफैंले ५ सय ३० नेपालीको कामदारको समस्या समाधान गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्