सेयर कारोबार सात महिना यताकै न्यून

काठमाडौं । मंगलबार सेयर कारोबारमा सात महिना यताकै न्यून कारोबार भएको छ । १४३ कम्पनीको कारोबार भएको बजारमा जम्मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो ।

धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण नगर्ने ग्राहकलाई कारोबार नगराउन निर्देशन दिएपछि मंगलबारको सेयर कारोबारमा भारी गिरावट आएको हो ।
बोर्डको निर्देशन अनुसार ग्राहक विवरण नविकरण नगराउने लगानीकर्तालाई ब्रोकर कार्यालयहरुले कारोबारमा रोक लगाएका थिए । जसले गर्दा सेयर कारोबारमा भारी गिरावट देखिएको हो ।

मंगलबार नेप्से परिसूचकमा समेत गिरावट आएको छ । नेप्से ४.३२ अंकले घटेर १३३३.८५ अंकमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्