१४ हाइड्रोपावरकोे लाभांश घोषणा, बुक क्लोज हुन बाँकी ३ कम्पनी
काठमाडौं, २४ मंसिर । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत १४ हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका हाइड्रोपावर कम्पनीहरुमध्ये यूनाइटेड इदि मर्दि हाइड्रोपावर, कुथेली बुखेरी हाइड्रोपावर, माउन्टेन इनर्जी, सगरमाथा जलविद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, साहस ऊर्जा, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर हुन् ।
लाभांश घोषणा गरेकामध्ये ११ वटा कम्पनीले बुक क्लोज गरिसकेका छन् भने बाँकी ३ कम्पनीले बुक क्लोज मिति तय गरेका छैनन् भने अब बुक क्लोज गर्न बाँकी ३ कम्पनी यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावर, कुथेली बुखरी र माउन्टेन इनर्जीको सेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्