वीपी राजमार्ग लेदोले अवरुद्ध

काठमाडौं, ११ असोज । लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो ।

बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्