आरओसी, ताइवानीद्वारा मेलम्चीका विपन्न परिवारलाई खाद्य सामग्री सहयोग
काठमाडौं, १० असोज । आरओसी, ताइवानमा बसोबास गर्ने केही ताइवानी समाजसेवीले सिन्धुपाल्चोकको तिपेनीका विपन्न २६ परिवारलाई चामल, दाल, नुनतेल, चियापत्तीलगायत खाद्यसामग्री सहयोग गरेको छ । उद्यमी एवं समाजसेवी सुवोधप्रसाद प्रधानको समूह मार्फत उक्त सहयोग प्रदान गरिएको हो ।
ताइवानका मनकारी समाजसेवीहरु चोयु ये हिस्यु, चोयु जंग यु, चोयु चेन याङ, चोयु युए छेन, लियु य् हान, लियु यु चे, चेन चिँचि र चेङ ट्जु युले सो सहयोग उपलब्ध गराउनुभएको थियो ।
स्थानीयवासीको समन्वय तथा प्रहरीको उपस्थितिमा लक्षित वर्गलाई प्रदान गरिएको सहयोग बितरण गर्न समाजसेवी सुवोधप्रसाद प्रधानको नेतृत्वमा एक टोली त्यसतर्फ प्रूथान गरेको थियो । उक्त प्रतिनिधिमण्डलमा उद्यमी केशव दिवाकर, निर्मल श्रेष्ठ, अनिल थापा, अनिरुद्र प्रधान र राजमान महर्जन सहभागी थियो ।
ताइवानमा बसोबास गर्ने नेपालीले कोभिडको समयमा काठमाडौँ उपत्यकालगायत स्थानमा राहात बितरण, म्याग्दीको धवलागिरी गाउँपालिका– ६, धारापानीका बाढीपहिरो पीडित, हेलम्बुका विपन्न परिवार, सितापाईलाका एचआइभी एड्स पिडित, साँखुका द्वन्द्वपिडीत परिवारलाई सहयोग प्रदान गरेको थियो ।
त्यस्तै सोही समुहले विभिन्न अस्पतालमा उपचाररत विरामी, भूकम्प प्रभावित मानिसहरूलाई आर्थिक तथा जिन्सी सहयोग उपलव्ध गराएको छ । समाजसेवी प्रधानले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा रहेका साथिहरुसँग समन्वय गरी अहिलेसम्म करिब २० लाख बराबरको सहयोग उपलव्ध गराइएको जानकारी दिन्भयो ।
समाजसेवी एवम् सफल व्यवसायी केशव दिवाकरले सामाजिक सेवाको भावनाबाट पनि देश विकासमा सहयोग गर्न सकिने बताउँदै दिन दुःखीलाई सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले परोपकारी संस्था, समाजसेवीहरुले सक्दो सहयोग उपलव्ध गराउन समेत आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्