द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई एक लाख बराबरको खाध्य सामग्रीहरू सहयोग

काठमाडौँ, २४ भदौ। शंखरापुर नगरपालिकास्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई एक लाख बराबरको खाध्य सामग्रीहरू सहयोग उपलव्ध गराइएको छ।

चीनको अभिन्न राज्य ताइवानमा बसोबास गर्ने नेपालीको समन्वयमा ताइवानी नागरिकको सहयोगमा चामल, तेल, केही स्थान ग्यास सहितका सिलिन्डर लगायत सामग्री प्रदान गरिएको हो। करिब दुई दशकदेखि संचालनमा रहेको उक्त समाजमा हाल ६५ जना बालबालिका आश्रित छ्न् ।

बालबालिकाको स्वास्थ्य उपचार तथा मासिक औषधि सेवनमा मात्र ६० हजार खर्च हुने गरेको जनाइएको छ।
समाजको मासिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको छ।
राष्ट्रिय बाल अधिकार परिषद्बबाट बार्षिक पाँच लाख रुपियाँ सहयोग गर्ने गरेकामा नपुग रकम तथा सहयोग विदेशमा बसेका नेपालीहरुको सहयोग आउने गरेको छ ।

साथै परोपकारी संस्था, समाजसेवीहरुले सक्दो सहयोग उपलव्ध गराउने गरेको समाजका सचिव सुलोचना श्रेष्ठ मानन्धरले जानकारी दिनुभयो ।

समाजसेवी सुवोधप्रसाद प्रधान, केशव दिवाकर, निर्मल श्रेष्ठले उक्त सहयोग समाजका सचिव मानन्धरलाई हस्तान्तरण गर्नुभयो। सहयोगका लागि संयोजन राजन श्रेष्ठले गर्नुभएको हो ।

चीनको अभिन्न राज्य ताइवानमा बसोबास गर्ने नेपालीले कोभिडको समयमा काठमाडौँ उपत्यकालगायत स्थानमा राहात बितरण, म्याग्दीको धवलागिरी गाउँपालिका– ६, धारापानीका बाढीपहिरो पीडित, हेलम्बुका विपन्न परिवार, सितापाईलाका एचआइभी एड्स पिडित परिवारलाई सहयोग प्रदान गरेको थियो।

त्यस्तै सोही समुहले विभिन्न अस्पतालमा उपचाररत विरामी, भूकम्प प्रभावित मानिसहरूलाई आर्थिक तथा जिन्सी सहयोग उपलव्ध गराएको छ । समाजसेवी सुवोधप्रसाद प्रधानले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा रहेका साथिहरुसग समन्वय गरी अहिलेसम्म करिब १६ लाख बराबरको सहयोग उपलव्ध गराइएको जानकारी दिँदै छिट्टै मेलम्चीमा पनि विपन्न वर्गका मानिसहरूलाई सहायता गर्ने कार्यतालिका रहेको बताउनुभयो।

अर्का समाजसेवी केशव दिवाकरले सामाजिक सेवाको भावनाबाट पनि दिन दुःखीलाई सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

पहिरोले विस्थापित जीवन विताइरहेका म्याग्दीका स्थानीयलाई ३० थान टेन्ट ७ बन्डल जस्तापाता सहयोग गरेको निर्मल श्रेष्ठले जानकारी दिनुभयो। उक्त सहयोग प्रदान गर्न सुवोधप्रसाद प्रधान, राजन श्रेष्ठलगायत टोलि म्याग्दी पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्