सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर बजार दोहोरा अंकले बढेको छ । सेयर बजार १५.६५ अंकले बढेर १३६१.०२ अंकमा पुगेको छ । बीमा समूह सबैभन्दा धेरै १५१.२३ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त क्रमशः ११.७४, ४३.८८, १८.१७, २०.३, ०.१४, ०.०६ र ३५.७६ अंकले बढेका छन् ।

सिभिल बैंकको नौ करोड, नेपाल बैंकको तीन करोड तथा शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, बुटवल पावर कम्पनी र एशियन लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्