प्रदेश ५ को प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक आज पनि बस्दैछ । बैठकमा सेवा सुविधा सम्बन्धि विधेयकको संसोधन प्रस्तावमा छलफल हुनेछ ।

दिउँसो १ बजे बोलाइएको बैठकमा प्रदेश सरकारदेखि स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी विधेयकमाथि छलफल हुनेछ । संसद्को बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

त्यसमा थुप्रै संसोधन परेका छन् । विधेयकमा जिल्ला समुन्वय समिति प्रमुखले ४१ हजार, उपप्रमुखले ३६ हजार, उपमहानगर प्रमुखले ४० र उपप्रमुखले ३५ हजार मासिक पारिश्रमिक पाउने प्रस्ताव गरिएको छ । त्यसैगरी नगरपालिका प्रमुखले ३५ हजार, उपप्रमुखले ३०, गाउँपालिका प्रमुखले ३० हजार र उपप्रमुखले २५ हजार तलब व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी उपमहानगरका वडाध्यक्षले ३० हजार, नगरका वडाध्यक्षले २५ र गाउँपालिकाका वडाध्यक्षले २० हजार तलव पाउने व्यवस्था गरिएको छ । प्रदेश नम्बर ५ मा १०९ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्