भारतीय शेयर बजारले बनायो नयाँ अलटाइम हाई

काठमाडौं,१७ भदौ । भारतीय शेयर बजारले आज नयाँ अलटाइम हाई बनाएको छ । आज कारोबार अवधिमा सेन्सेक्स ८२ हजार ७२५ विन्दुमा र निफ्टी २५ हजार ३३३ विन्दुमा पुगेर नयाँ अलटाइम हाई बनाएको हो । भारतीय सेयर यस अघिको अल टाईम हाई लाई तोडेर बजार बिस्तारै बिस्तारै उकालो लाग्दै गरेको र जसरी बढेको छ यसले दिगोसंग अडिरहने शेयर बजारका बिश्लेशकहरु बताउछन् ।

सेन्सेक्स २२९ अंक बढेर ८२ हजार ५९१ विन्दु र निफ्टी ६८ अंक बढेर २५ हजार ३०४ विन्दुमा कारोबार भइरहेको छ ।

यस अघि सेन्सेक्सले अगष्ट ३० का दिन अलटाइम हाइ बनाएको थियो आज सेन्सेक्स ८२ हजार ६३७ विन्दुसम्म पुगेको थियो । त्यस्तै, निफ्टीले पनि सोही दिन २५ हजार २५७ विन्दु पुगेर अलटाइम हाई बनाएको थियो ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्