धनगढीका दुई स्थानमा शंकास्पद वस्तु भेटियो

काठमाडौं ।  कैलालीका २ स्थानमा शंकास्पद वस्तु भेटिएको छ। धनगढी–३ स्थित चटकपुरमा टेलिफोनको पोलमुनि राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।

दुधको भाडामा प्लाष्टिकले बानेर बाहिर तार निकालेको अवस्थामा शंकास्पद वस्तु भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए।

शंकास्पद वस्तु भेटिएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगिसकेको र उक्त वस्तु बम हुनसक्ने आशंकामा सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको एसपी घिमिरेले जानकारी दिए।

उनका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको सो वस्तु विस्फोटक पदार्थ भए–नभएको बारेमा जाँच गरिरहेको छ।

यस्तै कैलालीकै गौरीगंगा नगरपालिकामा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। सो स्थानमा पनि प्रहरी तैनाथ गरिएको छ।

बजार क्षेत्रमा नै शंकास्पद वस्तु भेटिएपछि स्थानीयहरुमा त्रास फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्