उपमेयर लामाको घर नजिक बम विस्फोट, झ्यालका सिसा फुटे

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ ।

आज (विहान) करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ ।

उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताए । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत रहेको छ ।

स्थानीयले ठूलो आवाजमा बम विस्फोट भएको बताएका छन् । प्रहरीले बमको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने अनुमान लगाएको छ ।

बम विस्फोट गराउनेको खोजी कार्य तिव्र पारिएको चितवन प्रहरीले जनाएको छ ।

बम विस्फोट भएको स्थान पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नंं.१ का प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेको घर समेत नजिक पर्छ ।

प्रतिक्रिया दिनुहोस्