सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुईजना मजदुर बेपत्ता

काठमाडौं, २१ असार । सिन्धुपाल्चोकमा रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो।

त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ।

घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

दुई जना भने बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्