भारतीय शेयर बजार पुनः नयाँ उचाइमा

काठमाडौं,१२ असार । भारतीय शेयर बजार पुनः नयाँ उचाइमा पुगेको छ । साताको तेस्रो कारोबार दिन भारतको शेयर बजारले अल टाइम हाई बनाएको हो ।

बुधवार यो समाचार तयार पार्दासम्म सेन्सेक्स २४७ अंकले बढेर नयाँ रेकर्ड उच्चमा बनाएको हो । निफ्टीले पनि नयाँ उचाइमा बनाउन पुगेको छ ।

आज सेन्सेक्स ७८,३०१.४५ विन्दुमा पुगेर नयाँ उच्च विन्दुमा पुगेको छ । त्यस्तै, निफ्टी पनि २३,७८७.८० विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

विश्लेषकहरूका अनुसार विश्वभर शेयर बजारमा देजि आइरहेको बेला बलियो घरेलु आर्थिक तथ्याङ्क र सरकारी नीतिका पहलहरूले लगानीकर्ताको मनोबल उच्च हुँदा भारतीय शेयर बजारमा वृद्धि देखिएको हो ।

एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्