विद्यालय जाने क्रममा बालकलाई खोलाले बगायो

काठमाडौं, ११ असार । विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।

मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।

विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए ।

बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

याङ्शीलाबाट स्कु पुग्न करिब १ घण्टा लाग्छ । विद्यालय जाँदै गरेका ५र६ जना बालबालिका एकै पटक बाढी आएको खोलामा छिरेका थिए। एक जना साथीलाई बाढीले बगाएको थियो, अरु विद्यार्थी बाहिर निस्कीएका थिए ।

प्रतिक्रिया दिनुहोस्