मौसम सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं ।  अबका केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा दिउँसो पनि मौसम वद्ली भएर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुसँगै भारतमा बनेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको र यो सम्भावना केही दिन कायमै रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्